प्रदान गरिने सेवाहरु
- गृहपृष्ठ
- हाम्रो बारेमा
- प्रदान गरिने सेवाहरु
-
बजेट खर्च गर्ने अख्तियारी तथा स्वीकृत कार्यक्रम अनुसारभुक्तानी कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेशको आधारमा भुक्तानी/निकाशा (विद्युतीय प्रणाली मार्फत खातामा रकम जम्माEFT / चेक तयार)सम्बन्धी कार्य ।
-
सरकारी कारोबारसँग सम्बन्धित धरौटी रकमको कार्यालयगत आम्दानी तथा कार्यालयको अनुरोधमा भुक्तानी/निकासा सम्बन्धी कार्य ।
-
सम्बन्धित कार्यालयहरुको कार्यसञ्चालन कोषमा प्राप्त हुने रकम आम्दानी तथा सो कोषबाट हुने भुक्तानी/निकासा सम्बन्धी कार्य ।
-
सरकारी कार्यालयहरुमा हुने विनियोजन,राजश्व, धरौटी एवं कार्यसंचालन कोषबाट भएको कारोबारको आन्तरिक लेखापरीक्षण गरी सम्बन्धित कार्यालयहरुलाई प्रतिवेदन उपलव्ध गराउने ।
-
वैदेशिक ऋण एवं अनुदानसँग सम्बन्धित विभिन्न आयोजनाहरुका नाममा नेपाल राष्ट्र बैंकमा खोलिने बिशेष खाता (ऋण) र विशेष खाता (अनुदान) सञ्चालनका लागि दस्तखत नमूना कार्ड प्रमाणित गर्ने ।
-
सरकारी सेवाबाट सेवा निवृत्त कर्मचारीहरुको औषधोपचार, संचित बिदा तथा उपदानको रकम निकासा/ भुक्तानी गर्ने ।
-
आर्थिक प्रशासन सम्बन्धी विषयमा सम्बन्धित कार्यालयहरुलाई आवश्यक राय परामर्श उपलव्ध गराउने ।
-
कानूनमा व्यवस्था भएका विभिन्न समितिहरुमा कार्यालयको तर्फबाट प्रतिनिधित्व र सम्बन्धित कार्यहरु ।